शुक्रबार, बैशाख १४, २०८१

अफगानिस्तानस्थित भारतीय वाणिज्य दुतावासमा आतंकवादी समूहको आक्रमण 

एजेन्सी पौष २०, केहिदिन अघि भारतको पञ्जाव प्रान्तस्थित पाकिस्तानको सीमा नजिकै भारतीय सेनाको पठानकोट एयरबेसमा हतियारधारी आतंकवादी समूहले आक्रमण गरेको एकसाता पनि नवित्दै अफगानिस्तानको मजार ए शरीफस्थित भारतीय वाणिज्यदूतको bकार्यालयमा अर्को आतंकवादी हमला गरेको छ ।

वाणिज्य दुतावास नजिकैको एक घरमा लुकेर हमलाकारीले आक्रमण गरेको जनाइएको छ । हमलामा अत्याधुनिक हतियारका अतिरिक्त विस्फोटक पदार्थसमेत प्रयोग गरिएको बताइन्छ ।  समाचार एजेन्सीका अनुसार हमलाकारीले हमलाको क्रममा भारतीय वाणिज्य दुतावासमा प्रवेश गर्ने कोसिस समेत गरेका थिए । आइतबार राति अबेर भएको सो हमलामा मानवीय क्षतिको विवरण नआएपनि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाइ उदृत गर्दै समाचारमाध्यमहरुले दुतावासमा रहेका सबै कर्मचारी सकुशल रहेको उल्लेख गरेका छन् ।हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन ।