शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय मुस्लिम गठबन्धन र मधेसी मोर्चावीच बैचारिक विचलन, ७ बुँदे कारण सहित अलग्गिएको घोषणा

08122015123446muslim-600x0काठमाडौं मार्ग २२ , गत भाद्र ३ गते ६ बुँदे सहमति सहित एकाकार भएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र सयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच बैचारिक विचलन आएको छ । यो विचलन संगै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले तत्कालीन समयमा मधेस आन्दोलनको लागि मोर्चासंग भएको सहमतिमा वैचारिक विचलन आएको जनाउ दिदै आजबाट ७बुँदे कारण प्रस्तुत गर्दै अलग्गिएको घोषणा गरेको छ ।

गठबन्धन अध्यक्ष समिम मियाँ अन्सारी र महासचिव मोम्हद जाकिर हुसेद्दारा हस्ताक्षरित विज्ञप्तिमा ७ बुँदे कारण सहित मधेस लगायतका उत्पीडन विरुद्धका सवै शान्तिपूर्ण आन्दोलनमा गठबन्धको समर्थन रहेपनि मधेसीमोर्चाले यसवीचमा प्रदर्शन गरेको व्यवहर र कार्यशैलीका कारण मोर्चाका आवद्ध भइरहनुको कुनै औचित्य नभएको भन्दै आजबाट मोर्चाबाट अलग्गिएको घोषणा गरिएको छ ।