बुधबार, बैशाख १२, २०८१

राजसंस्थाको पुर्नस्थापनाको कामना गर्दै राजधानीमा सत्यदुर्गाको विशेष पूजाअर्चना

काठमाडौ मार्ग २३,  मातृशक्ति नेपालले राजधानीमा राष्ट्रकल्याण र विपत्ती मुक्तिको कामना गर्दै १०८ ब्राम्हणबाट शंखध्वनी सहित नारायणहिटी नारायण  मन्दिरमा सत्य दुर्गाको मङगलवार विशेष पूजाअर्चना गरिएको छ। वेत्रावत्ती स्वरुपिणी गोमाताको वाणी अनुरुप मुलुकमा नियोजित रुपमा anup_20151208_29 anup_20151208_22 anup_20151208_20 anup_20151208_19 anup_20151208_18 anup_20151208_17 anup_20151208_16 anup_20151208_15 anup_20151208_10 anup_20151208_8 anup_20151208_6 anup_20151208_5राज्यबाटै हिन्दूधर्ममाथि भएको  प्रहारको प्रतिकार गर्दै धर्मको संरक्षण यसको जागरण र यावत दु:ख को निवारण सहित राजसंस्थाको पूर्नस्थापनाको अभिप्रायले यस किसिमको पूजा अर्चना गरेको आयोजक संस्थाले जनाएको छ ।

पूजाअर्चना पूर्व पाशुपत क्षेत्रबाट पूजास्थलसम्म १०८ ब्राम्हणहरुद्दारा शंखध्वनी सहितको पदयात्रा गरिएको पूजा कार्यक्रमकी संयोजक ज्योत्सना राज्यलक्ष्मी थापाले जानकारी दिनुभएको छ ।

त्यस्तै पूजा कार्यक्रममा  पूर्व युवराज्ञी  हिमानी शाहको  प्रमुख आतिथ्यता रहने भनिएपनि कार्य व्यवस्ताका कारण उहाँको उपस्थिती हुँन नसके पछि उहाँद्दारा  समर्पित मुल पूजासहित  विश्व हिन्दू महासंघका मार्गदर्शक एवम् पूर्व शाही पाश्ववत्ती  जनरल  भरतकेशर सिंहले पूजा संकल्प गर्नु भएको  जानकारी दिदै  मातृशक्ति नेपालका प्रवक्त एवम् पत्रकार  अस्मिता  भण्डारीले वैदिक सनातन  हिन्दू अधिराज्य र  राजसंस्थाको  अपरिहार्यता मनन गर्दै  नारायणहिटी  दरवार परिसरस्थित  नारायण मन्दिरमा सत्यदुर्गाको  पूजा अर्चना गरिएको  बताउँनु भएको  छ । त्यस्तै उहाँले  मुलुकमा  सर्वस्वीकार्य संविधान भन्दा पनि दल विशेषको स्वार्थको  दस्तावेजको रुपमा जारी गरिएको  संविधानले  दिनानुदिन अराजकता, अपराध र विपत्तीले बढावा पाएको सन्र्दभमा  त्यस्तै  जन चाहना विपरित  अनेकतामा एकताको  धरोहरका रुपमा रहेको  राजसंस्था माथि गरिएको  दुराशयपूर्ण व्यवाहर  अवको  दिनमा  सहय् नभएको  जनाउ दिदै   भनिन नेपाली जनता  आफ्ना अभिभावकीय संस्थाको रुपमा रहेको   राजसंस्थाको  पूर्नस्थापनाको  लागि जन-याली सहित  सडक आउँने  दिन धेरै टाढा छैन ।

त्यस्तैगरि मुलत राजसस्थाको पुर्नस्थापनाको कामना सहित गरिएको उक्त पूजा कार्यक्रममा सहभागी शरदचन्द्र दाहालले हाम्रा सहकर्मीसंग कुरा गर्दै भने मुलुकमा अहिले यो वा त्यो बहानामा जसरी  धर्मसंस्कृति र परम्परागत मूल्यमान्यताका् संरचना ध्वस्त बनाउँने काम भएको छ त्यो आफैमा  खेद जनक भएको  जिकिर गर्दै धर्म संस्कृतिको रक्षार्थ ४ वेद १८ पुराण २१ उपनिषद र गिताबाट दिक्षित हाम्रो मुलुकको माटो विपरित पश्चिमा मुलुकको निर्देशनमा भइरहेको अराजक गतिविढी र कुदृष्टिबाट मुलुकलाइ जोगाउँन पूजा आजा कार्यक्रमको आयोजना गरेको बताए ।

त्यस्तै गरि अर्का सहभागी श्याम तिमिल्सिनाले पनि anup_20151208_7हिन्दूत्वमा माथिको प्रहार लाइ रोक्नुको अलावा यसको जर्गेनाको साथ-साथै यावत विकृतिको निवारण पूजाको लक्ष्य भएको जनाउ दिनु भएको छ भने विक्रम झाले पनि मुलुकमा पश्चिमा मुलुकको गिद्धेदिृष्टका कारण जन भावना विपरित लाडिएको धर्म निरपेक्षता कारण एक पछि अर्को गर्दै भयावह स्थिती सिर्जना हुँदै गएको र यसको निवारणको साथै मुलुकमा राजसंस्थाको पुनरागमन गराउँनुको विकल्प नभएको बताउँदै यसवीचमा देखिएको यावत अराजक परिस्थतीको सम्बोधनको लागि भक्तिमार्गको अनुशरण गरिएको बताए ।  त्यस्तै गरि मातृशक्ति नेपालकी महासचिव निर्मला महतले प्रष्ट शव्दमा भने यो पूजा अर्चना धर्ममाथि भएको प्रहार र रोक्दै राजसंस्थाको पूर्नस्थापनाको कामना गर्दै आयोजना गरिएको बताए ।