बिहिबार, चैत्र १५, २०८०

आयोगले अनुगमनलाई निरन्तरता दिने

काठमाडौ मार्ग २२, राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनको अनुगमनकार्यलाइ निरन्तरता दिने भएको छ । गत मार्ग १७ गते सर्लाहीमा आयोगको NHRC_Nepal_Press_Release_Regarding_Protest_Monitoringअनुगमन टोलीमाथि भएको आक्रमण तथा गाडीमा भएको तोडफोडपछि आयोगले असुरक्षाको कारण देखाउँदै अनुगमन स्थगित गरेको थियो ।

यसवीचमा मधेसी मोर्चाका नेतासँग आयोगले गरेको छलफलमा मोर्चाका नेताले अनुगमन टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा आयोगको अनुगमन टोलीलाई सहयोग गर्ने बताएपछि आयोगले पुनः अनुगमन सुरु गर्न थालेको आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।