शुक्रबार, बैशाख १४, २०८१

संसदको बैठक आज बस्दै, सभामुखघर्ती र प्रम ओलीवीच पनि छलफल हुँदै

काठमाडौ पौष ८ , व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि आजको बैठक बोलाइएको संसद सचिवालयले 21102015100701oli-600x0जनाएको छ । यसअघि दलीय सहमतिमा मधेसी मोर्चासंग नितिगत वार्ता गर्ने भन्दै ५ दिन स्थगित गरेर आज बैठक बस्न लागेको हो ।
यसैबीच आज बैठक बस्नु पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी समेत भएको बुझिएको छ ।

उहाँहरुवीचको छलफलमा मुलत मधेसी मोर्चाले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि अपनाउन सकिने उपायको सवालमा केन्द्रीत हुँने बताईएको छ । त्यस्तै संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा पनि सभामुखले संसद बैठक अगाडिनै विभिन्न ७ दलका प्रमुख सचेतकहरुसँग भेट गर्ने कार्यक्रम तय भएको रहेको सभामुख  निकट स्रोतले जनाएको छ । छ ।