शुक्रबार, चैत्र १६, २०८०

९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रम थापा आज अपरान्ह चीन जाँदै

काठमाडौ पौष ८, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा चीन सरकारको निमन्त्रणामा ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय

maxresdefaultव्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीको सहभागीता रहेको थाहा भएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको क्रममा उपप्रम थापाले नेपाल–चीन सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्ने कार्यक्रम रहेकोे जनाउँदै उहाँले चीनको उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको जानकारी दिदै मुलत प्रस्तुत भ्रमण नेपालमा जारी भएको नयाँ संविधानका विशेषताका साथै नेपालका प्राथमिकताका बारेमा विश्व समुदायलाई अवगत गराउने तथा मुलुकको आर्थिक विकासमा चिनियाँ सहयोग जुटाउनु भ्रमणको मूल उद्देश्य रहेको बताईएको छ ।