बिहिबार, बैशाख ६, २०८१

नुवाकोट काँग्रेसमा विवाद

क्रियाशील सदस्यताको नामावली नआए पनि १ र ३ का आधारमा जिल्ला अधिवेशन सभापति केसीको गर्ने चेतावनी

काठमाडौं पौष ८, पार्टीको १३ औं महाअधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसभित्र केन्द्र देखि स्थानीय तहसम्म क्रियाशील सदस्यता वितरणमा भएको विवादले उग्रता दिएको छ । क्रियाशील सदस्यता वितरणको सवालमा अन्य जिल्लामा विवाद हुँदै गर्दा नुवाकोट कांग्रेसमा  समेत प्रस्तुत विवाद देखिएको छ । नुवाकोट कांग्रेस पार्टी सभापति जगदिश्वर नरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशनको अन्ति समयमा आइपुग्दा पनि नुवाकोट क्षेत्र नम्बर २ बाट क्रियाशील सदस्यहरुको नामावली जिल्लामा नआएको उल्लेख गरेका छन् ।

उनले क्षेत्र नम्बर १ र ३ बाट सम्पूर्ण विवराण जिल्लामा आए पनि पटक पटक ताकेदाको वेवास्ता गर्दै क्षेत्र नम्बर ३ ले विवरण नपठाएको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा क्षेत्र नं. २ बाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्ने नेताको सल्लाहमा विवरण जिल्लामा नपठाएर नुवाकोटका कांगे्रस कार्यकर्ता माथि षड्यन्त्र गरेको दावी गरिएको छ । क्षेत्र नं। २ डा।रामशरण महतको राजनीतिक कर्म थलो हो । दोस्रो संविधानसभामा उनले सोही क्षेत्रबाट जितेका थिए ।

विज्ञप्तिमा १ र ३ नं. क्षेत्रका सिफरिस नरोक्न र सदस्यता स्वीकृत गर्न केन्द्रीय समितिलाई अनुरोध गरेका छन् । सभापति केसीले २ नं। क्षेत्रबाट सदस्य नामावली नआएमा यसको सम्पूर्ण दोष नामावली नपठाउने क्षेत्रीय कार्य समिति र यो प्रवृत्तीको संरक्षण गर्ने त्यस क्षेत्रको केन्द्रीय नेतृत्वले लिनु पर्ने उल्लेख गरेका छन् ।  सभापति केसीले २ नं. क्षेत्रबाट क्रियाशील सदस्यताको नामावली नआए पनि १ र ३ का आधारमा जिल्ला अधिवेशन गर्ने चेतावनी समेत दिएका छन् ।