शुक्रबार, बैशाख १४, २०८१

रु एक लाख ८० हजारसहित प्राविधिक निर्देशक पोखरेल पक्राउ

काठमाडौ पौष १६, यातायात व्यवस्था विभाग मिनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई आज अख्तियार दुरुपयोग download (4)अनुसन्धान आयोगले घुससहित कार्यस्थलबाटै रङेहात पक्राउ गरेको छ । आयोगका अनुसार विद्युतीय स्कुटर आयातको अनमुति दिने क्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु २ लाख घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेर कारवाही चलाउँदा रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको जनाएको छ ।