शुक्रबार, बैशाख १४, २०८१

भूकम्पपीडितलाई राहत उपलब्ध गराउन सरकार उदासिन भएको राप्रपाको आरोप

काठमाडौ पौष १६, images (3) केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मधेसी जनताका जायज मागलाई वार्ताको माध्यमबाट अविलम्ब सम्बोधन गर्न माग गरेको छ । त्यस्तै अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुक तथा जनताले व्यहोर्न परेको समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिदै तत्काल भूकम्पपीडितलाई राहत उपलब्ध गराउन सरकारले उदासिन भएको आरोप लगाएको छ ।
त्यस्तै बैठकले महामन्त्री दीपक बोहराले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र तथा महामन्त्री बुद्धिमान तामाङले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा ७२ पदाधिकारी एवम् सदस्यले गरेको टिप्पणी तथा सुझावलाई समेट्न महामन्त्री बोहराको संयोजकत्वमा दुई समिति र तामाङको संयोजकत्वमा तीन समिति गठन गरेको जानकारी दिदै पार्टी निकट सङ्गठनलाई निश्चित अवधिमा केन्द्रीय अधिवेशन गर्न निर्देशन दिएको जानकारी दिनु भएको छ ।