शुक्रबार, चैत्र १६, २०८०

आज ४० औं राष्ट्रिय मेलमिलाप दिवस मनाईदै

काठमाडौ पौष १६, आज पौष १६ गते अर्थात ४० औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । २०३३ साल पुस १६ गते Bp-koiralaनेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासन जीवन बिताएर आजकै दिन राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएका थिए । यर्सक्रममा आजको दिनलाइ मेलमिलापका दिनमा पनि हेरिन्छ ।
आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।