शुक्रबार, बैशाख १४, २०८१

महानगरलाई २ लाख कित्ता शेयर

काठमाडौं पौष ३, साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकालाई प्रति कित्ता १०० रुपैयाँका दरले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता शेयर प्रमाण पत्र प्रदान गरेको छ । शुक्रबार संस्थाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले महानगरमा पुगेर प्रमुख तथा कार्यकारी अधिकृत रुद्धसिह 12375070_1655363998056445_7547189853829441348_o 12356955_1655363954723116_5874156710826470307_oतामाङ्गलाई प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

शेयर प्रमाणपत्र बुझ्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृतले तामाङ्गले दिगो सहरी यातायात सेवाका लागि साझा यातायातसँगको सहकार्यले सहरबासीलाई सहज हुने आशा व्यक्त गर्नुभयो । सहरी यातायात सेवा सञ्चालनकालागि भएको सम्झौता बमोजिम महानगरले पहिलो चरणमा २ करोड रुपैयाँ उपलब्ध गराएको जनाउँदै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गले विद्युतीय यातायात सञ्चालनकालागि काम थालनी भएको जनाकारी दिनुभयो ।

प्रमाणपत्र प्रदान गरेपछि सहकारी संस्थाका कायममुकाय कार्यकारी अधिकृत पाण्डेले बस खरिदकालागि ग्लोवल टेण्डर भइसकेको जनाउँदै बाँकी ८ करोड रुपैयाँ प्राप्त गरेपछि महानगरलाई १० लाख कित्ता शेयर दिइने र यातायात सञ्चालनलाई दिगो बनाउन काम गरिने जानकारी दिनुभयो । महानगर र साझाको सहरी यातायात सञ्चालन सम्बन्धी सम्झौतामा सम्झौतापछि महानगरले २ करोड रुपैयाँ उपलब्ध गराउने, त्यसपछि साझाले बस खरिदकालागि साझाले काम थालनी गर्ने, बस खरिद प्रक्रिया अघि बढेपछि बाँकी ८ करोड रुपैयाँ साझालाई उपलब्ध गराउने उल्लेख छ । यसरी उपलब्ध गराइएको रकम बराबरको शेयर साझाले महानगरलाई उपलब्ध गराउने छ ।