बुधबार, बैशाख १२, २०८१

गुणस्तर विभागद्वारा ५१ मुद्दा दर्ता

काठमाडौ पौष ३,  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य पदार्थ मिसावट गरी खाद्य पदार्थ बिक्री गर्ने कम्पनी तथा फार्मविरुद्ध ५१ वटा मुद्दा प्रेस विज्ञप्ति २०७२०९०३-1 प्रेस विज्ञप्ति २०७२०९०३-2दर्ता गरेको छ । विभाग विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीद्दारा आज जारी प्रेसविज्ञप्तिमा पहिलो चौमासिक अवधिमा सम्पन्न मुख्य–मुख्य कार्यको विवरणका अनुसार सबैभन्दा बढी विभागअन्तर्गतको हेटौँडा कार्यालयले २६ वटा मुद्दा दर्ता गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विभागबाट १० र कार्यालय क्रमशः विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र ६, १, ३ र ५ वटा मुद्दा दायर गरिएको छ । दायर मुद्दामध्ये प्रशोधित पानी, खाद्यान्न, हल्का पेय पदार्थ, मिठाई रहेका छन् । सो अवधिमा उत्पादनस्तर उद्योग तथा बजार निरीक्षण अनुगमन गरी खाद्य वस्तुका ५४३ नमुना सङ्कलन गरिएको थियो । अनुगमन निरीक्षण उत्पादन स्वच्छतासम्बन्धी ६०५ पटक निरीक्षण गरिएको र केन्द्रीय खाद्य प्रयोगशाला र क्षेत्रीय प्रयोगशालाबाट खाद्य आयात निर्यात निरीक्षण तथा प्रमाणीकरणतर्फ सात हजार ३९२ खाद्य नमुना जाँच परीक्षण गरिएको छ ।

विभागका महानिर्देशक सन्दीपकुमार कर्णले सो अवधिमा गरिएका कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने उल्लेख गर्दै आगामी दिनमा खाद्य स्वच्छता ऐन ल्याएर खाद्यान्नको गुणस्तर कायम गर्नको लागि होटल तथा रेस्टुराँको अनुगमन गरिएको उल्लेख गरिएको छ ।