आइतवार, बैशाख १६, २०८१

मधेसी मोर्चाद्दारा काँग्रेस सभापति कोइरालालाइ ९ सुत्रीय माग सहितको ध्यानाकर्षण

काठमाडौ मार्ग १५,  व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाइ सङ्घीय समावेशी मधेसी मोर्चाका नेताहरुले प्रतिनिधीमण्डलले ९ सुत्रीय माग सहितको ध्यानाकर्षण पत्र बुझाएका छन । महाराजगञ्जस्थित कोइराला निवासमा आज मोर्चा आवद्ध तराई मधेस 12289472_10205448510358488_2110267780335858927_nराष्ट्रिय अभियानका साथै शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) ले सभापति 11223893_10205448510278486_7278539200542217295_nकोइरालालाइ संविधान संशोधनको नौ सुत्रीय माग सहितको बारेमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै सभापनि कोइरालाले माग पत्रको सवालमा पार्टीमा छलफल गर्दै काँग्रेसले यसमा सकारात्मक पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसअघि सोमवार साँझ मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि ध्यानाकर्षण पत्र बुझाएका थिए ।