शुक्रबार, चैत्र १६, २०८०

मार्ग २० गतेबाट जनताको संविधान जनताको माझमा लैजाने सरकारको तयारी

काठमाडौ मार्ग १५, सरकारले गत आश्विन ३ गते विधिवत जारी भएको नेपालकोे संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने 9cc462नाराका साथ सरकारले   संविधानको विशेषताको बारेमा जानकारी दिन आगामी मार्ग २१ देखि पौष २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

आज सञ्चार मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको छलफलमा सञ्चारमन्त्री राइले मार्ग २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचारात्मक कार्यक्रमको उद्घाटन गर्दै सुरु गरिने यो कार्यक्रम मार्फत मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको