शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरमा पत्रकारका लागि प्राकृतिक विपद् तथा पुनःनिर्माण तालिम

भक्तपुर मार्ग १५, प्राकृतिक विपद्को समयमा सिर्जना हुँन सक्ने समस्या र सोका सम्बोधन गर्दै जनतालाई सुसूचित कसरी गर्ने भन्ने सवालमा पत्रकारलाइ FNJ-logo-300x2461अभिमुखिकरण गर्ने लक्ष्य सहित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको संयोजन र राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजनामा आजदेखि ४ दिने प्राकृतिक विपद् तथा पुनःनिर्माण केन्द्रित’ पत्रकारिता तालिम सुरु भएको छ ।

तालिममा भक्तपुर काठमाडौँ, ललितपुर, धादिङ, रसुवा र नुवाकोटका गरि २० जना सञ्चारकर्मीको सहभागिता रहेको महासङ्घ भक्तपुरले जनाउँदै वरिष्ठ पत्रकारहरु रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, बद्री तिवारी, लगायतले प्रशिक्षण दिनुहुने बताईएको छ ।