बिहिबार, चैत्र १५, २०८०

पत्रकार दुर्घटना बिमा: यस्तो छ पहिलो चरणमा सहभागी ५ सय ५४ जना पत्रकारको नामावली

 काठमाडौ मार्ग ११, सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त सहकार्यमा सुरु गरिएको पत्रकार दुर्घटना बिमा कार्यक्रम अन्र्तगत पत्रकार दुर्घटना बिमा Nournalist Name list of Bima Final.xlsनिर्देशिका २०७० बमोजिम पहिलो चरणमा ५ सय ५४ जना पत्रकारको नामावली सार्वजनिक गरिएको छ । सञ्चारग्राममा विहीवार आयोजित एक कार्यक्रमकावीच सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बिमा कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

विमित हुनका लागि सूचना विभागबाट जारी प्रेस पास र महासङ्घ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान सहित पत्रकार दुर्घटना बिमा निर्देशिका २०७० बमोजिम एनएलजी इन्स्योरेन्स कम्पनीले कम बिमा शुल्क रु ३३९ मा पत्रकार दुर्घटना बिमा गरेको छ जसमा पत्रकार दुर्घटना बीमा एक वर्षको लागि रु पाँच लाखसम्म र दुर्घटनापछि उपचारका लागि रु दुई लाखसम्मको व्यवस्था गरेको छ ।

त्यस्तै बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा व्यवस्था छ । बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासङ्घमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिने व्यवस्था मिलाएको महासंघले जनाएको छ ।

  नामावलीको लागि यहाँ क्लिक गर्नुहोस