बिहिबार, बैशाख १३, २०८१

महासंघद्दारा पत्रकारलाई आर्थिक सहयोग

काठमाडौं मार्ग १५ , नेपाल पत्रकार महासंघले सुर्खेतमा प्रहरीको गोली लागी घाइते भएका बुलबुले एफएममा कार्यरत पत्रकार आइसिंह रोकायमगरलाई उपचार release 15 mansirखर्च वापत रु. १ लाख २ हजार सात सय सहयोग गरेको छ । महासंघले तराई–मधेसलगायत विभिन्न जिल्लामा भएको आन्दोलनको क्रममा घाइते भएका पत्रकार र सञ्चार सामग्रीमा क्षति पुगेका पत्रकारलाई आर्थिक सहयोग उपलब्ध गराएको क्रममा पत्रकार रोकायमगरलाई यस्तो सहयोग गरेको हो ।

इन्टरनेशनल मिडिया सर्पोट (आइएमएस) मार्फत प्राप्त उक्त रकम आज महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार रोकायमगरलाई नेपालगञ्जमा हस्तान्तरण गर्दै रकम उपलब्ध गराई सहयोग गर्ने आइएमएसलाई महासंघको तर्फबाट अध्यक्ष विष्टले धन्यवाद ज्ञापन गर्दै पत्रकार रोकामगरको पूर्ण स्वास्थ्यलाभको कामना गर्नु भएको महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी विज्ञप्तिमा महोत्तरीमा समाचार संकलन गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट क्यामेरा पूर्ण क्षति भई घाइते भएका महासंघ महोत्तरी शाखाका सचिव विक्रमप्रसाद रौनियारलाई रु. १० हजार र मोरङमा समाचार संकलन गर्ने क्रममा प्रदर्शनकारीको आक्रमणबाट मोटरसाइकल र क्यामेरा क्षति भएका मकालु टेलिभिजनमा कार्यरत पत्रकार नवीन कर्णलाई रु. १० हजार सहयोग गरेको जनाउँदै यसअघि आन्दोलनकारीको आक्रमणबाट घाइते भएका कैलाली एफएममा कार्यरत पत्रकार नवराज खनाललाई उपचार खर्च वापत महासंघले रु. ७ हजार उपलब्ध गराएको उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले जारी तराई–मधेसलगायत विभिन्न स्थानहरूमा भएको आन्दोलनको समाचार संकलन गर्ने क्रममा घाइते भएका र सञ्चार सामग्री क्षति भएका पत्रकारको विवरण संकलन गर्ने काम जारी रहेको र महासंघको तर्फबाट सक्दो सहयोग गर्दै जाने बताएको छ ।