शुक्रबार, बैशाख १४, २०८१

पेट्रोल पम्पमा प्रहरीलाई हेल्मेट प्रहार गर्ने वैद्यसहित ३ जना पक्राउ

काठमाडौ मार्ग २४ , पेट्रोल पम्पमा ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेटले प्रहार गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कामपा वडा नं का hatkadi-1–११ अरुण वैद्यसहित अन्य ३ जना रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल वितरण गर्ने क्रममा यही मार्ग २२ गतेको कुपन देखाई जवरजस्ती तेल हाल्न खोजेपछि त्यहाँ रहेको प्रहरी टोलीले रोकेको थियो । सम्झाई बुझाइ गर्न खोज्दा वैद्यसहितका व्यक्तिले प्रहरीमाथि हेल्मेटले आक्रमण गरेका थिए । हेल्मेट आक्रमणबाट डियुटीमा रहेका दुई प्रहरी जवान घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।