शनिबार, बैशाख ८, २०८१

धर्नाको क्रममा मानवअधिकारकर्मी पहाडी सहित ३० जना पक्राउ

काठमाडौ मार्ग २४, भारतीय दूतावास अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मी कृष्ण पहाडी सहित करिब ३० जना लाई प्रहरीले पक्राउ गरेको छ। नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकाबन्दी मानव अधिकारको कुठाराघात हो भन्ने नारा सहित सञ्चालित १०  दिने अभियानको क्रममा आज दूतावास अगाडि Captureधर्ना दिने क्रमम मावन अधिकारकर्मी पहाडी सहित करिब ३० जना लाई प्रहरीले पक्राउ गरेको हो।

प्राप्त समाचारमा उल्लेख भएअनुसार आज दिउँसो १ बजे निर्धारित धर्ना सुरु हुनासाथ प्रहरीले क्रमस कृष्ण पहाडी गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कवि अर्जुन पराजुली उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीहरु पुष्पा केसी, बटुकृष्ण ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, रमेश सिंखडा, रामकृष्ण बराल, जयराम पुडासैनी, रेणुका काउचा, अञ्जना अर्याल पक्राउ परेका छन्। दिवाकर सिल्वाल, गोकर्णमणि पुडासैनी, जगन्नाथ पुडासैनी, हेमराज चौलागाई, दिपक पुडासैनी, जानुका पन्त, कोपिला पौडेल, चित्र रसाइली, रामचन्द्र खतिवडा, रुपेश कुमार अर्याल, प्रदीप पौडेल, ज्ञानहरि ढुङ्गाना, वि.पौडेल, नानिकाजी गिरी, अनिल पौडेल, लोकेन्द्र थापा, बसन्त पौडेल, अनिल तिवारी, कुमार पौडेल, सन्तोष बराल, अप्सरा अधिकारीलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।