शुक्रबार, चैत्र १६, २०८०

मधेसको हकअधिकारबारे जागरण अभियान चलाउँन आवश्यक : गगन

 

काठमाडौ मार्ग २४, पब्लिक पोलिसी पाठशालाले आज राजधानीमा आयोजना गरेको ‘नेपाली काँग्रेस र मधेस’ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेसका केन्द्रीय images (2)सदस्य गगन थापाले मधेसी जनतालाई संविधानको मर्म बुझाउन नसक्दा समस्या सिर्जना भएको बताउनुभएको छ । त्यस्तै उहाँले जारी समस्या एवम् समाधानको लागि मधेसको हकअधिकारबारे मधेसी जनतासमक्ष जागरण अभियान चलाउनु आवश्यक रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै गोष्ठिका अर्का वक्ता काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको समाचारमा उल्ल्ेख गरिएको छ ।