सोमवार, बैशाख १७, २०८१

पत्रकार कुटपिट गर्ने प्रहरीलाई कारबाही नभएकोमा महासङ्घद्दारा आपत्ती

काठमाडौ पौष १२, कान्तिपुर दैनिकका  विराटनगर संवाददाता अवधेश झालाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही नभएकोप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।पत्रकार झालाई मधेसमा आन्दोलनरत दलद्वारा विराटनगरमा आयोजित सभाको समाचार सङ्कलन गर्ने Press Release_Push 12क्रममा गत बिहीबार प्रहरीले कुटपिट गरेका थिए ।

सो घटनालाई महासङ्घले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै भत्र्सना गरेको हो । महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, यसअघि नै हाम्रो मोरङ शाखाले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई भेटेर दोषीमाथि कारबाही गर्न माग गर्दा कारबाही गर्ने प्रतिबद्धता जनाएपनि  सम्बन्धित पक्षले दोषीलाई कुनै कारवाही  नगरेकोमा   महासङ्घ पुनः त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ  भनिएको  छ ।

त्यस्तै विज्ञप्तिमा  पीडितपत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै  दोषीलाई तत्काल कारबाही गरी घाइते पत्रकार झाको स्वास्थ्य उपचार तथा उचित क्षतिपूर्ति व्यवस्था मिलाउनसमेत महासङ्घ स्थानीय प्रशासनसँग जोडदार माग गरेको  छ ।