शुक्रबार, बैशाख ७, २०८१

पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप :महासंघ

काठमाडौं पौष १३, आन्दोलनका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघद्दारा आज जारी विज्ञप्तिमा पौष १२ गते press release 13 pushकान्तिपुरको चितवनस्थित भरतपुर क्षेत्रीय कार्यालयबाट वीरगञ्ज पत्रिका पु-याएर फर्केको बा १३ च ४९५ नम्बरको गाडीमा वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुर सडका चोकमा रहेका २०/२५ जनाको समूहमा रहेका कार्यकर्ताले पट्रोल खनाई आगो लगाएको उल्लेख गरिएको छ ।

यसैवीच सोही दिन मोर्चाका कार्यकर्ताहरुले भोजपुरी टाइम्सका सम्मबाददाता अजय चौरसियालाई समाचार संकलनका क्रममा वीरगञ्जको नेशनल ट्रेडिङ नजिक दुव्र्यवहार गरिएको महासंघ पर्सा शाखालाइ उदृत गर्दै कुनै पनि बहानामा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ नागरिकको सुसूचित हुने अधिकारमाथि गम्भीर आघात पुग्ने यस्ता गतिविधिको कडा शब्दमा भत्र्सना गर्दछ ।

पत्रकार र सञ्चारमाध्यममाथि हुने यस किसिमका आक्रमण नदोहो¥याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । साथै, पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा गम्भीर भई सहज वातावरण निर्माण गर्न स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930