शुक्रबार, चैत्र १६, २०८०

पत्रकारलाइ निर्घात कुटपीट गर्ने प्रहरीलाइ कारवाहीको माग

 स्वतन्त्र प्रेसमाथि सरकार तथा आन्दोलनकारीको तर्फबाट बढ्दो ज्यादतीको भण्डाफोर गर्दै अन्तराष्ट्रियकरण गर्ने युनियनको चेतावनी

काठमाडौं पौष १०, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम कान्तिपुर दैनिकका संवाददाता अवधेश झालाई तराइ मधेशमा जारी आन्दोलनका क्रममा पौष ९ गते बिहीबार साँझ विराटनगरस्थित महावीर रोडमा मोर्चाका कार्यकर्ताहरुले गरेको कार्यक्रममा तस्विर खिच्दै kutpit-abdhesh-jha-press-realese-2072-9-10गर्दाको अवस्थामा प्रहरीले दुर्व्यवहार गर्दै संवेदनशील अंगमा प्रहार गरि घाइते बनाएको छ।

यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार झामाथि प्रहरीले गरेको कुटपीटको नेपाल प्रेस युनियनले कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै प्रस्तुत आक्रमण प्रहरी ज्यादतिको पराकाष्ठा भएको मात्र नभइ स्वतन्त्र प्रेसको भावना र अस्तित्वमाथि गरिएको आक्रमण भएको युनियनले ठहर गरेको छ । प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्त्मिा पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन र समाचार सम्प्रेषणको अधिकार हुन्छ भनेर दावी गर्ने सरकार तथा आन्दोलनका क्रममा कुनैपछि दमन नभएको बताउने प्रहरी नेतृत्व दुबैको भनाइ र व्यवहार फरक रहेको झामाथि भएको आक्रमणले पुष्टी भएको जनाएको छ।

त्यस्तै विज्ञप्तिमा स्वतन्त्र तथा भयरहित वातावरणमा समाचार संकलन र समाचार सम्प्रेषणको वातावरण नेपालमा नरहेको सन्देश दिने यस खालका घटना रोक्न आफ्ना मातहतका निकायलाई कडा निर्देशन दिन र स्वतन्त्र प्रेसको अस्तित्वलाई स्विकार्न युनियनले सरकार तथा आन्दोलरत दलहरुलाई आग्रह गर्दै अन्यथा सरकार तथा आन्दोलनकारीहरुको ज्यादतीको भण्डाफोर गर्दै अन्तराष्ट्रियकरण गर्ने र आन्दोलनमा उत्रन समेत युनियन पछि नपर्ने चेतावनी दिएका छन । समाचार संकलन गरेकै निहुँमा प्रहरीले निर्घात कुटपित गर्दै मरणासन्न अवस्थामा पुर्याएको छ । प्रहरीको कुटपित पछि तत्काल स्थानिय पत्रकार साथीहरुले अस्पताल पुर्‍याउइएका पत्रकार झाको अवस्था चिन्तनीय रहेको जनाउँदै युनियनले पत्रकार कुटपीटमा संलग्न प्रहरी माथि तत्काल कारबाहीको माग गर्दै घाइते पत्रकार झाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।