शुक्रबार, बैशाख १४, २०८१

नाच लुकेर सिक्नु पर्दैन: यसलाई जीवन धान्ने पेशा बनाउन सकिन्छ

डान्स कल्चरल आर्ट सेन्टरको १८ औं स्थापना दिवस 

काठमाडौं पौष ५, उमेरले ५ बर्ष नकाटेका कलिला बालबालिका नाचेको देखेर दर्शकहरु एक तमास थिए । सबैको ध्यान त्यतैतिर तानिएको थियो । नाच प्रस्तुत गर्नु 12362824_10203799081376625_2970563782808524014_o 12374750_10203799080216596_1628761879484886580_oअघि बक्ताहरु भन्दै थिए — समाजले नाच मन पराउँछ तर आफ्ना नानीहरु यसै पेशामा लागेको कम अभिभावकलाई मात्र मन पर्छ । उनीहरुको थप भनाइ थियो — कुरो त्यसो होइन, नाचले सामाजिक सद्भाव, शान्ति र समृद्धि कायम गराउँछ । शनिवार काठमाडौं महानगरपालिका वडा नं.१९ इन्द्रसभामा डान्स कल्चरल आर्ट सेन्टरले आयोजना गरेको विशिष्ठ व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रमको सन्दर्भ हो यो ।

कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले उहाँहरूलाई सम्मान गर्दै नेपाली कला, साहित्य तथा संस्कृतिले विश्वमा नेपालको गौरव र प्रतिष्ठा बढाएको बताउनुभयो । उहाँले नेपाली मौलिक कला तथा संस्कृतिमा अबका युवालाई आकर्षित गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै गरि काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद नवीन्द्रराज जोशीले समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही देश विकासमा योगदान गर्ने मानिसलाई सम्मान गर्ने परिपाटीले अरूलाई पनि उत्साह प्राप्त हुने बताउनुभएको थियो ।

कार्यक्रममा साहित्यकार शुशिल राजोपाध्याय, चर्या नृत्य गुरु चन्द्रमान मुनिकार, कलाकार हृदयप्रसाद मिश्र, निर्देशक सुरेन्द्र तुलाधर, पत्रकार चन्द्रमणि भट्टराई, महानगरको हनुमान ढोकादरबार क्षेत्र कार्यक्रमका  इञ्जिनियर विन्दिया कार्की र हनुमानढोका मठ मन्दिर पुजारी समितिलाई सम्मान गरिएको थियो ।  सो अवसरमा ज्येष्ठ नागरिक नातिदेवी खड्गी, जीत खड्गी, गजेन्द्रराज जोशी र बाबुलाल खड्गीलाई विशेष सम्मन गरियो भने रुकेश महर्जन, पल्लवी शाही, आर्यतारा तुलाधर, सरिता महर्जन र राजन महर्जनलाई नगद रु दुई हजार पुरस्कार प्रदान गरिएको थियो ।

 फोटो : सि.एम.भट्टराई