शनिबार, बैशाख १५, २०८१

पारिवारिक मिलनको सातगाउँको जात्रा आजबाट सुरु

काठमाडौं पौष ५ , सात गाउँको जात्रा भनेर चिनिने विष्णुदेवी मन्दिरको जात्रा आजबाट सुरु भएको छ। काठमाडौंको दक्षिण-पश्चिम भेगका IMG_8955_sjh_photograhy_bishnudevi 7 gau jatra IMG_8964_sjh_photograhy_bishnudevi 7 gau jatra IMG_8987_sjh_photograhy_bishnudevi 7 gau jatra

पाँच गाउँबाट निकालिने जात्रा नैकापमा रहेको विष्णुदेवी मन्दिर परिसरमा ल्याएपछि भव्य पूजाआजा हुने गर्छ। किम्बदन्ती अनुसार एउटै परिवारमा रहेका देवताहरु कार्यविभाजन अनुसार फरकफरक ठाउँमा बसेका हुने गर्छन्। र, हरेक वर्ष उनीहरुको पारिवारिक मिलन यही जात्रामार्फत् हुनेगर्छ। देवताहरुलाई भेट गराउन पाँच गाउँका नेवारी समुदायका गुठी जुट्छन्। नैकाप, सतुङ्गल, वोसेगाउँ, नुनकोट, तीनथाना, मच्छेगाउँ र कीर्तिपुरबाट देवतालाई रथारोहण गरेर एकै ठाउँमा पुर्‍याइन्छ। यहाँ सामुहिक पूजाआजा गरिन्छ। जात्राको पहिलो दिनलाई छोइला वो भनिन्छ भने दोस्रो र तेस्रो दिनलाई सिनाय भनिन्छ। देवताको पारिवारिक मिलन

IMG_9000_sjh_photograhy_bishnudevi 7 gau jatra IMG_9018_sjh_photograhy_bishnudevi 7 gau jatraगराउने तथा सबै देवताको एकै ठाउँमा दर्शन गर्न भन्दै भक्तजनहरु यहाँ भेला हुने गर्छन्। कीर्तिपुर नगरपालिका क्षेत्रमा प्रत्येक वर्ष सात गाउँले जात्रा मनाइन्छ। काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् उक्त जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरी मनाइन्छ।

मल्लकालदेखि नै नगरक्षेत्रमा सात गाउँले जात्रा लाखेपा मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती रअि आएको छ। मङ्सिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात क्रमस कीर्तिपुर नँगाउँ सतुङ्गल ल्ह्वःकोट बोसीगाउँ सतुङ्गल मच्छेगाउँमा यो जात्रा मनाउँने गरिन्छ ।