बिहिबार, बैशाख १३, २०८१

अवदेखि चारित्रिक प्रमाणपत्र पाँचवटै विकास क्षेत्रका प्रहरी कार्यालयमा बाट वितरण हुँने

विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीका लागि भने प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै

काठमाडौ पौष ६, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग चालचलन शाखाबाट वितरण हुँदै  आइरहेको प्रहरी चारित्रिक प्रमाणपत्रको दर्ता तथा वितरण आइतवार देखि पाँचवटै विकास क्षेत्रका प्रहरी कार्यालयमा बाट गरिने भएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र download (2)लिनेको अत्यधिक चाप बढेकाले सेवाग्राहीको सुविधालाई मध्यनजर राखी क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, हेटौँडा, पोखरा र मध्यपश्चिम क्षेत्रअन्तर्गत अञ्चल प्रहरी कार्यालय भेरी र सुदूरपश्चिम क्षेत्रअन्तर्गत अञ्चल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिन लागेको प्रहरी मुख्यालयले जनाएको छ। यसअघि उपत्यका प्रहरीबाट बाट यस किसिमको प्रमाणपत्र वितरण गरिदै आएको थियो ।

त्यस्तै परिवर्तितव्यवस्था अनुरुप अव देखि चारित्रिक प्रमाणपत्रको निवेदन आइतबारदेखि बिहीबारसम्म दर्ता गर्ने र निवेदन दर्ता गरेको अर्को हप्ताको बुधबारका दिन सम्बन्धित आवश्यक जाँचबुझ पछि व्यक्तिलाइ प्रमाणपत्र उपलब्ध गराउँने तयारी प्रहरीको रहेको छ । त्यस्तै विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीका लागि भने प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिँदै आएको यसअघिको व्यवस्थालाइ यथावत् राखिएको प्रहरीले जनाएको छ ।