शुक्रबार, बैशाख १४, २०८१

चाल्नाखेल स्थित एभरेस्ट ग्यास उद्योगमा स्थानीय प्रहरीवीच झडप दुई प्रनाउ सहित ८ घाइते

प्रहरीको सात राउण्ड गोली लोड भएको पेस्तोल समेत हरायो

काठमाडौ पौष ७, राजधानीको चाल्नाखेल स्थित एभरेस्ट ग्यास उद्योगमा खाना पकाउँने ग्यास प्राप्त गर्ने उत्पिडनबाट प्रताडित स्थानीय र प्रहरीवीच आज भएको झडपमा दुई प्रहरी नायब उपरीक्षकसहित ८ जना प्रहरी घाइते भएका छन् भने प्रहरीको सात राउण्ड गोली लोड भएको gas_plantपेस्तोल समेत हराएको समाचार प्राप्त भएको छ ।

खाली सिलिण्डरसहित उद्योग बाहिर ग्यास लिनका लागि बसेका स्थानीयवासीले ग्यास नपाएको आक्रोसमा द्योगमा तोडफोड गर्न खोज्दा प्रहरी र स्थानीयवासीबीच झडप भएको स्थानीयले बताएका छन ।

 महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता विश्वराज पोखरेलले उद्योग तोडफोड गर्न खोजेका स्थानीलाई रोक्न खोज्दा प्रहरीमाथि जाइ लाग्दै ढुङ्गामुढा प्रहार गरे पछि स्थिती अराजक बनेको जानकारी दिदै एभरेष्ट ग्याँसको रिफिलिङ सेन्टरमा भएको आजको झडपमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप मद्दतका लागि गएको टोलीका डिएसपी रेवती ढकाल र टीकाबहादुर केसी तथा छ जना प्रहरी जवान घाइते भएको जानकारी दिनुभएको छ ।