बिहिबार, बैशाख २०, २०८१

काँग्रेसको १३ औं महाधिवेशन नजिकिएसँगै केन्द्रीय नेताहरुको जिल्ला दौडाहमा तिव्रता

काठमाडौं पौष १४, नेपाली काँग्रेसको १३ औं महाधिवेशन नजिकिएसँगै पार्टी सभापति सुशिल कोइरालाको गृहजिल्ला बाँकेमा केन्द्रीय नेताहरुको आगमन वाक्लिएको छ । केन्द्रीय नेताहरुको जिल्ला दौडाहले जिल्लामा महाधिवेशनको रौनकता थपेको छ । सोमवारमात्रै काँग्रेसका युवा नेतात्रय चन्द्र भण्डारी, एनपी साउद र सुरेन्द्र पाण्डेले जिल्ला सभापतिका आकांक्षीहरुसँग नेपालगन्जमा छलफल गरेका छन् ।
chndraकाँग्रेसको आसन्न महाधिवेशनलाई लक्षितगरी जिल्ला दौडाहमा आएका युवा नेताहरुले नेतृत्व हस्तान्तरणमा जोड दिए । लामो समयसम्म पार्टीमा एउटै नेतृत्व कायम हुँदा युवाले आफ्नो दक्षता देखाउन नपाएको पनि उनीहरुले वताए । नेतृत्वले पुस्ता हस्तान्तरण नगरेका कारण काँग्रेसका युवानेताले काम र आफ्नो दक्षता प्रस्तुत गर्ने अवसर पाएनन् उनीहरुले भने–‘अबको पुस्ताले युवा नेतृत्व स्थापित गर्ने अभियानमा सहकार्य गर्नु विकल्प छैन ।’कुनै बेला दुई खेमाको खरो राजनीति गरेका साउद र भण्डारी दुवैले फुटेर, लडेर र जुधेर भन्दा पनि सहकार्य गरेर नेतृत्वमा स्थापित हुन सक्ने माहोल बनाउँदै राष्ट्रिय राजनीतिमा सक्रिय हुनुपर्नेबेला आएको वताए । कुनै बेला भण्डारी कोइरालाका निकट थिए भने साउद देउवाका कट्टर । सोमवार नेपालगन्जमा एकै थलोमा भेला भएका भण्डारी र साउदले विगतमा खेमाको राजनीति गर्दा त्यसले आफुहरुलाई पारेको प्रभावका बारे पनि फेरिहस्ता लगाए ।

उनीहरुले भने–‘खेमाको राजनीति हैन अव एकताको राजनीति गर्ने बेला आयो त्यसका लागि आसन्न महाधिवेशनलाई अव त्यसको कडिका रुपमा सदुपयोग गर्न सक्नुपर्छ ।’ आफुहरु विगतमा गुट र उप गुटको राजनीतिमा फसेको स्मरण गर्दै युवा नेता भण्डारीले भने–‘त्यो समयको मागलाई बुझन नसक्दा अहिले नेतृत्वको अवसरमा पछि परियो ।’ साउदले युवाहरुले सहि निर्णय गर्न सके नेतृत्व स्थापितमा भूमिका खेल्न सक्ने भएकाले आसन्न महाधिवेशन पूर्व इकाई, क्षेत्र र जिल्लामा युवाहरुको उपस्थिति आवश्यक रहेको बताए । आफुहरु कुनै बेलाका फरक गुटको नेतृत्व गरेको पटक पटक स्मरण गर्दै साउदले पनि अब युवाहरुले संगठन र नेतृत्वमा आफनो उपस्थिति जवरदस्त देखाउन सक्नु पर्नेमा बेला आएको वताए ।

विद्यार्थी राजनीतबाट काँग्रेसको केन्द्रीय नेतृत्वतहमा पुगेका भण्डारी र साउदले खासगरी अवको नेतृत्व युवापंक्तीलाई हस्तान्तरण गरेर पार्टीलाई थप मजवुत गराउने तर्फ केन्द्रीत गराउन सहभागि युवा तथा जिल्ला नेताहरुँसग आग्रह गरे । संबिधान जारीपछि मात्रै सभापति कोइरालाको गृहनगर नेपालगन्जमा बरिष्ठ नेता शेरबहादुर देउवा, पूर्व गृहमन्त्री समेत रहेका नेता पूर्णबहादुर खड्का, केन्द्रय सदस्य किशोरसिंह राठौरले जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गरिसकेका छन् । कोइराला भाइको वार्षिकीमा आएका भए पनि देउवा, खड्का तथा युवा नेताहरु साउद र भण्डारी भने महाधिवेशनलाई केन्द्रीत गरेर भेटघाट गरेका उनी निकटस्थहरुले वताएका छन् ।

सम्भावित महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो प्रभावमा पार्न देशैभरी काँग्रेस नेताहरु जिल्ला दौडाहमा हिंडिरहँदा बाँकेमा लगातार यस्ता भेटघाले तीव्रता पाएका हुन । सोमवारको छलफलमा नेपाली काँग्रेस बाँकेमा सभापतिका आकांक्षीद्वय निरन्जन सिंह सिजापती र लक्ष्मीनारायण शाह त्यसैगरी क्षेत्र नम्वर एकका सभापति माधवराम खत्री, कृष्ण कार्की, मेघराज ओली, तप्त पौडेल, प्रशान्त विष्ट, भूम भण्डारी लगाएतकाहरुको सहभागिता रहेको थियो