शनिबार, बैशाख ८, २०८१

काँग्रेस क्रियाशील सदस्यता छानबिन समिति’आफ्नो प्रतिवेदन सभापतिलाई बुझाइयो

काठमाडौं पौष १४, नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’आफ्नो प्रतिवेदन सभापति सुशील सोमवार कोइरालालाई बुझाएको छ । समितिले सभापति कोइराला निवास महाराजगञ्जमा koirala-niwasवरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमानसिंहलगायतको सहभागितामा प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित बुझाएको समिति सदस्य रामकृष्ण यादवले जानबमरी दिनु भएको छ ।

यसअघि काँग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यसबारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो ।
यद्यपी क्रियाशील सदस्यतामा असन्तुष्टि जनाउँदै केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा डोल्पा र सोलुखुम्बुका नेता कार्यकर्ता अनशनमा बस्दै आएका छन् । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि गाउँ, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका तय भएकाृ छ ।