शुक्रबार, बैशाख १४, २०८१

आन्दोलनकै कारण पत्रकारिता र मिडिया उद्योग धराशायी बन्दै गएको महासंघको ठहर

१३ बुँदे अमलटारी घोषणापत्र जारी मधेस मिडिया सम्मेलन सम्पन्न
तराईमा ४ महिनाको अवधिमा १२० वटा प्रेस स्वतन्त्रतामाथि प्रहारका घटना

काठमाडौं मार्ग २७, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक नवलपरासीको अमल्टारीमा १३ बुँदे अमलटारी घोषणापत्र जारी गर्दै सम्पन्न भएको महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा शनिवार सुरु भएको उक्त बैठक आज सम्पन्न भएको हो । केन्द्रीय समितिको बैठक पूर्व तराई मधेस मिडिया Press Release Mansir 27 about FNJ central committee meetingसम्मेलन अन्र्तगत तराई मधेसका २२ जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिको सहभागितामा मधेसमा रिपोर्टिङको अवस्थाबारे महासंघले जानकारी सहित विशेष छलफल गरेको थियो । सम्मलेन पछि प्राप्त निष्कर्षको आधारमा दुई दिनसम्म चलेको महासंघको केन्द्रीय समतिको बैठकबाट १३ बुँदे अमल्टारी घोषणा पत्र जारी गरिएको छ ।

तराई मधेस मिडया सम्मेलन पछि आज जारी १३बुँदे घोषणापत्रमा तराईमा ४ महिनाको अवधिमा १२० वटा प्रेस स्वतन्त्रतामाथि प्रहारका घटना हुनु दुखद् अवस्था रहेको भन्दै यसप्रति चिन्ता व्यक्त गर्नुको अलावा जारी मधेस आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता र सरोकार प्रकट गरेको छ । त्यस्तै राजनीतिक गतिरोधको कारण पत्रकार, सञ्चार क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको जनाउँदै आन्दोलनकै कारण पत्रकारिता स्वनियन्त्रणको सिकार बनेको, मिडिया उद्योग धराशायी बन्दै गएको उल्लेख गर्दै मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चाँडो अन्त्यका लागि गम्भीर बन्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै जारी घोषणापत्रमा नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता परिवर्तनका मूलभूत एजेन्डा संस्थागत गरेको र यी उपलब्धिलाई संस्थागत गर्दै तराई मधेसमा जारी आन्दोलन र अन्य असन्तुष्ट पक्षले उठाएका जायज विषयलाई समेटेर संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिइएको छ ।  त्यस्तै घोषणापत्रमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप संविधानसभाबाट २०७२ आश्विन ३ गते संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको ठहर समेत गरिएको छ ।

 त्यस्तै  गरि  पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता , महासंघको संगठन, श्रमजीवी पत्रकारका सन्दर्भमा, मिडियाको प्रवद्र्धन र व्यावसायिक विकास ,पत्रकारको दक्षता अभिवृद्धि र बृत्तिविकास तथा पुरस्कार एवम्  उद्धार तथा राहत कोष स्थापनाको  सवालमा समेत विभिन्न  नितिगत निर्णयहरु गरेको  महासंघका  महासचिव  उजिर मगरद्दारा जारी  प्रेस वित्रप्तिमा  उल्लेख गरिएको  छ ।

१३ बुँदे अमलटारी घोषणापत्रको पूर्णपाठका लागि