बिहिबार, बैशाख १३, २०८१

अर्थमन्त्री समक्ष लोक कल्याणकारी विज्ञापनका लागि अपुग रकम उपलब्ध गराइदिन महासंघको माग

काठमाडौ मार्ग २९, पत्रकार महासङ्घ, काठमाडौँ शाखाको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा गर्नु भएको भेटवार्ताको क्रममा अर्थमन्त्री विष्णुप्रसाद Captureपौडेलले भूकम्प, लामो समयदेखि मधेसमा जारी बन्द एवम् भारतको अघोषित नाकाबन्दीका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको बताउनुभएको छ ।
साथै उहाँले विद्यमान समस्याको समाधानका लागि राजनीतिक एवम् कुटनीतिकरुपमा पहल जारी रहेको जनाउ दिदै विद्यमान समस्या चाँदै समाधान हुने विश्वास व्यक्त समेत व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भेटवार्ताको पत्रकार महासङ्घ काठमाडौँ जिल्लाले सरकारले पत्रपत्रिकालाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनका लागि अपुग रहेको रु ५  करोड ११ लाख १२९ रकम उपलब्ध गराइदिन अर्थमन्त्री समक्ष आग्रह सहितको प्रस्ताव राखेको समाचार उल्लेख गरिएको छ ।