शनिबार, बैशाख १५, २०८१

आचारसंहिता उल्लङ्घन गर्ने रेडियो मिथिलाञ्चल ,रेडियो तराइ र जनकपुर टुडेलाइ काउन्सिलको ७ दिने निर्देशन

काठमाडौ पौष ६, प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले ‘रेडियो मिथिलाञ्चल’ १०५ मेगाहर्ज, acharsanhita decision‘रेडियो तराई’ १०७ मेगाहर्ज र ‘जनकपुर टुडे’ दैनिकका विभिन्न मितिमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकारिता आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ ।

त्यस्तै बैठकले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको प्रतिकूल हुने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ती सञ्चारमाध्यमलाई ७ दिनभित्र लिखित कारणसहित उपस्थित हुन निर्देशन दिएको प्रेस काउन्सिल नेपालद्दारा आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।