शनिबार, बैशाख ८, २०८१

पत्रकार आचारसंहिताविपरीतका समाचार प्रकाशन–प्रसारण हुनु खेदजनकः महासंघ

काठमाडौं पौष ५ , नेपाल पत्रकार महासंघले विवाह पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिर पूजा अर्चना तथा दर्शनको लागि त्यहाँ पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी प्रति लक्षित गर्दै अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी लाञ्छित गरिएको र सो विषयको समाचार release 5 pushत्यहाँबाट प्रकाशित जनकपुर टुडे दैनिकमा प्रकाशित भएको विषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिएको यस्तो असभ्य, अलोकतान्त्रिक र अस्वीकार्य व्यवहारका साथै मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरितका अर्मादित गतिविधि र पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीतका समाचार प्रकाशन–प्रसारण भएको मा खेद प्रकट गरेको छ । साथै महासंघले आचारसंहिता विपरीतका समाचार प्रकाशन–प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई को अनुगमन तथा कारवाही प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।