बुधबार, बैशाख १२, २०८१

युनियन काठमाडाको साधारणसभाका लागि विभिन्न समिति गठन

काठमाडौ पौष ७,  नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आगामी पौष १६ गते सम्पन्न हुँने  साधारणसभाका लागि विभिन्न समिति गठन गरेको छ । शाखाको आज बसेको बैठकले शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको छ । त्यस्तैगरि सचिव Nepal-Press-Union_20140908050041महेश गौतमको संयोजकत्वमा लक्ष्मी सापकोटा र सुदीप रेग्मी सदस्य रहेको साङ्गठनिक सुदृढीकरण उपसमितिमा समेत गठन गरिएको छ । त्यस्तै गरि शाखाका सदस्य अच्युत रेग्मीको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ भने सहसचिव खगेन्द्र भण्डारीको संयोजकत्वमा अर्थ सङ्कलन उपसमिति गठन गरिएको छ । साथै शाखाका उपाध्यक्ष देवी सापकोटाको संयोजकत्वमा स्वागत उपसमिति गठन गरिएको काठमाडौं युनियनले जनाएको छ ।