मङ्लबार, बैशाख १८, २०८१

३ सय वर्ष पुरानो चन्द्रविनायक जात्राको दोस्रो दिन गणेश र भैरव विशेष पूजा गरिदै

काठमाडौ मार्ग १०, राजधानीको प्रसिद्ध चार विनायकमध्येको एक चावहिलस्थित पशुपति क्षेत्रभित्र पर्ने चन्द्रविनायक ( ३ सय वर्ष पुरानो जात्रा बुधवारबाट सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिनबाट ३ दिनसम्म चाबहिल क्षेत्रमा मनाइने यो जात्रा मार्गकृष्ण द्वितीयाका दिन चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरेपछि जात्रा सम्पन्न स्थानीयहरुले जानकारी दिएका छन । त्यसो त बोली नफुटेका बच्चालाई यो जात्रामा ल्याई दर्शन गराउँदा बोली फुट्ने त्यस्तैगरि शरीरमा आएका binayakघाउ खटिरा निको जनविश्वास बोकेको चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ। जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ।

यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता)को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ। त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ। सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ। उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ। त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने गरिन्छ। यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन्।