मङ्लबार, बैशाख १८, २०८१

इन्धन वितरणको सवालमा यस्तो छ सरकारको नयाँ निर्णय,निजी सवारी साधन र ट्याक्सीले इन्धन नपाउने

मागअनुसार मौज्दात अत्यन्त न्यून रहेको जनाउँदै अत्यावश्यकीय सेवाका साधनलाई मात्र इन्धन उपलब्ध गराउने सरकारी निर्णय
सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि हरेक शुक्रबार सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा इन्धन दिइने

काठमाडौं मार्ग १०, मधेसमा जारी आन्दोलन र सिमानाकामा भारतीय पक्षको तर्फका जारी अघोषित नाकाबन्दीका कारण इन्धन, खाना पकाउँने ग्याँस banijayaलगायतका उपभोग्य सामाग्राीको चरम अभाव झेल्दै आएका नेपालीहरुले अवका दिनमा फेरि इन्धनको थप चरम अभाव व्यहोर्नुपर्ने भएको छ । चाइनाबाट अनुदानको इन्धन र भारतको सिमानाकाबाट छिटफुट रुपमा भित्रिएको इन्धन प्राप्त गर्दै केहिहदसम्म इन्धनको प्रयोग गर्दै आइरहेको नेपालीले फेरि भारतले इन्धन आपूर्तिमा भारी कटौती गरेपछि सरकारले सार्वजनिक सवारी र अत्यावश्यकीय सेवाका साधनलाई मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेसंगै यस्तो अवस्था सिर्जना भएको हो ।
इन्धन वितरणको सवालमा सरकारले अस्पताल र अत्यावश्यक सवारी साधनलाई मात्रै दिने निर्णय गरे अनुसार निगमले अव निजी सवारी साधन र ट्याक्सीलाइ इन्धन वितरण नगर्ने  भएका छन्।  मागअनुसार मौज्दात अत्यन्त न्यून रहेकाले अत्यावश्यकलाई मात्रै वितरण गर्ने निर्णय भएको जानकारी दिदै  निगमले  यसअघि ट्याक्सीलाई साताको दुई जोररबिजोर अनुसार प्रतिट्याक्सी १० लिटर उपलब्ध गराउँदै   आएको जनाएको छ ।  nepal-oil-nigam

त्यस्तै निगमका अनुसार अत्यावश्यकलाई मात्रै इन्धन दिने सरकारको निर्णय बुधवारबाटै लागू भएको जनाउँदै अवका दिनमा र थानकोट डिपोबाट हुँदै आएको वितरणलाइ भने रोक लगाइएको पनि जनाएको छ। सरकारले अत्यावश्यक सेवा अन्र्तगत सुरक्षा अस्पताल, दूध कारखाना, फोहोरमैला व्यवस्थापन प्रेस, सवारी साधनलाई छुटै पम्प तोकी पेट्रोल डिजेल उपलब्ध गराउने निर्णय गरेको छ भने सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि हरेक शुक्रबार इन्धन दिइने छ। सञ्चारकर्मीका लागि भने सूचना विभागले जारी गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने निगमले जनाएको छ।  त्यस्तैगरि सार्वजनिक यातायातका साधनलाई जोर–बिजोरका आधारमा इन्धन उपलब्ध गराइने जसअनुसार माइक्रो बसलाई १५ लिटर, मिनी बसलाई २० लिटर र ठूलो बसलाई ३० लिटर इन्धन र स्कुल र कजेलका बसलाई पनि ३० लिटर इन्धन दिइने निगमले जनाएको छ।

यसैगरी लामो दूरीका सवारी साधनको हकमा भने आवश्यकताअनुसार डिजेल उपलब्ध गराइने छ। लामो दूरीका माइक्रो र ठूलो बसलाई रुट हेरी चलानीको आधारमा गन्तव्यसम्म पुग्ने गरी इन्धन उपलब्ध गराइने निगमले जनाइएको छ। निगमका अनुसार दुग्ध उद्योगलाई भक्तपुरस्थित गुहेश्वरी पेट्रोल पम्पबाट इन्धन दिइने छ। अस्पताल, शव वाहन, कूटनीतिक नियोगका सवारी साधनलाई नक्सालस्थित प्रहरी पम्बबाट वितरण हुन्छ। बाँकी अन्य अत्यावश्यक सवारी साधनलाई लगनखेलस्थित शक्तिदेवी पम्पबाट वितरण गरिने छ। प्रेसलाई भने टेकुमा रहेको नेसनल ट्रेडिङ पम्पबाट वितरण गर्ने योजना रहेको बताइएको छ ।