शनिबार, बैशाख ८, २०८१

काँग्रेस कावा सभापति पौडेल र भाजपा नेता जोलीबीच भेटवार्ता, आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह

काठमाडौं मार्ग १० नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच सिंहदरबारस्थित काँग्रेस संसदीय दलको download (1)कार्यालयमा आज भेटवार्ता भएको छ ।  भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति असहजता र समसामयिक विषयमा छलफल भएको कावा सभापति पौडेलले जानकारी दिदै आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउन आग्रह गर्नु भएको बुझिएको छ ।

त्यस्तै उहाँले मधेसमा जारी समस्या समाधान गर्न मधेसी मोर्चासँग वार्ता भइरहेको भन्दै भारतको तर्फबाट जारी आपूर्तिको अवरोध सुचारु गर्न आग्रह गर्दै गर्दा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।