शनिबार, बैशाख १५, २०८१

सोमवार सिंहदरबारदेखि कुपण्डोलसम्म मानव साङ्लो प्रदर्शन गरिदै 

काठमाडौ मार्ग १२, मुलुकमा जारी ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ भन्ने मुल नारा सहित ’ आगामी सोमवार 12301622_10153756580767329_4036790970672963786_nमानव साङलोको प्रदर्शन गरिने भएको छ ।

राष्ट्रिय स्वाधीनता अभियानले मुलुकमा बढ्दो अराजक विकृतिको निवारणको लागि भन्दै यस किसिमको कार्यक्रम आउोजना गर्न लागेको जनाउँदै त्यस दिन सिंहदरबारदेखि युएन पार्क पुल्चोकसम्म मानव साङ्लोको प्रदर्शन सहित नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको बताईएको छ। त्यस्तै आयोजक संस्था स्वाधीनता अभियानले मानव साङ्लोका कवि, लेखक, पत्रकार, बुद्धिजीवी र विद्यार्थी नेताको सहभागिता रहने जनाएको छ।