बिहिबार, बैशाख १३, २०८१

समस्याको समाधान खोज्नुको अलावा वर्तमान सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरु भाषणमा रुमलिएर बसेको महामन्त्री सिंहको आरोप

काठमाडौ मार्ग १२, प्रजातन्त्रका पिता एवम् लौह पुरुष स्व गणेशमान सिंह खुल्ला बक्सिङ प्रतियोगिताको समीक्षा तथा पुस्तक विमोचन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वार्ता र संवादका माध्यमबाटै वर्तमान समस्याको समाधान खोज्नुपर्नेमा सरकारले वार्ताका लागि प्रभावकारी 12301712_10153758267097329_1917461214029718081_nभूमिका देखाउन नसकेकाले समस्या झनझन जटिल बन्दै गएको बताउनुभएको छ ।

त्यस्तै महामन्त्री सिंहले वर्तमान सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरु वार्ता र संवादबाट समाधान खोज्नतिर लाग्नु पर्नेमा भाषणमा रुमलिएर बसेको आरोप समेत लगाउाँनु भएको छ ।
कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति एवम् सांसद भीमसेनदास प्रधान र काँग्रेस काठमाडौँ क्षेत्र नं ९ का सांसद ध्यानगोविन्द रञ्जित, समाजसेवी निलकाजी शाक्यलगायतले नेपाली राजनीतिमा गणेशमान सिंहको त्याग रतपस्याका सवालमा आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।