शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रियता माथिको हस्तक्षेप भएको विरुद्धमा विप्लव माओवादीद्दारा बव्दको आव्हान

काठमाडौं मार्ग १२, विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सिमानाकामा जारी नाकाबन्दीको विरोधमा भन्दै आव्हान गरिएको नेपाल बन्द मुलत विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार भारतको तर्फबाट नेपाल र नेपाली press-statement-of-maoistजनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको छ । यो भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम  र देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षस्वरुप बन्दको आव्हान गरिएको जनाएको छ।