शुक्रबार, चैत्र १६, २०८०

गएराती राजधानीको सुन्धारामा प्रहरीद्दारा गोली प्रहार, दुई पक्राउ

काठमाडौं मार्ग १३, गएराती राजधानीको सुन्धारामा प्रहरीले दुइजना  अपराधीलाई गोली प्रहार गरेको छ । अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले 19_06_2014-jail19सुन्धारामा भगौडा प्रहरी छोटेलाल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको जनाएको छ ।
अपराध अनुसन्धान महाशाखाका अनुसार सुन्धाराको एक गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउँने क्रममा घुँडामुनि गोली प्रहार गरिएको बताईएको छ । त्यस्तै महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार निउन्त्रणको क्रममा मुठभेड भएपछि हामीले गोली चलाएको जनाएको छ ।

त्यस्तै घुँडा मुनि गोली लागेका भगौडा प्रहरी ठाकुरलाई उपचारको लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ  र थप अनुसन्धान भइरहेको बताएका छन ।