शुक्रबार, बैशाख १४, २०८१

सञ्चारकर्मी माथि गरिएको दुर्व्यवहार र आक्रमण प्रति युनियनद्दारा दुख व्यक्त

काठमाडौं मार्ग ७,  मधेशमा जारी बन्द, हड्ताल लगायतका आन्दोलनको समाचार संकलनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकार र आन्दोलनकारीका पक्षबाट भएका दुर्व्यवहार र आक्रमणका श्रृङखलाबद्ध घटना प्रति नेपाल प्रेस युनियनले दुख व्यक्त गरेको छ । युनियनका महासचिव 2072-8-7 press realese-saptari-issueअजयबाबु शिवाकोटीद्दारा आज जारी प्रेस वक्तव्यमा उल्लेख भएअनुसार राजविराज १ निवासी दिलिप साह र उनकी ५ बर्षीया छोरी मुस्कानलाई गोली लागेको घट्नाको रिपोर्टिङ्ग गर्न गएका नेपाल प्रेस यूनियनका सप्तरी अध्यक्ष ‌ओमप्रकाश शाह सहित नेपाल पत्रकार महासंघका पार्षद सतीशकुमार दत्त, ग्रीन मधेश दैनिकका परिष कर्ण र सी। एफएमका आशुतोष आनन्द सिंहमाथि प्रहरीले मार्ग ६ गते बेलुकी ५ बजेको समयमा राजविराजमा गरेको कुटपिट र दुव्र्यबहार तथा बिलोचन साप्ताहिकको कार्यालय एवम नेहा अफसेट प्रेसको कार्यालयभत्रै मंसिर ७ गते दिउँसो प्रवेश गरेर आन्दोलनका क्रममा खटिएका प्रहरीद्धारा भएको तोडफोड र पत्रकारको मोटरसाइकलमा लाठी प्रहार गरेर क्षति पुर्‍याएको घट्नाको निन्दा पनि गरेको छ ।

त्यस्तै विज्ञप्तिमा प्रेस लेखिएको पोशाक सहित पत्रकार परिचयपत्र समेत झुण्डयाएर रिपोर्टीङमा गएका चारैजना पत्रकारहरुलाई तिमीहरु तस्वीर खिचेर हिरो बन्छस् भन्दै कुटपिट र लाठी प्रहार गर्दै ज्यान मार्ने धम्की समेत दिएको बिषयलाई हामीले गम्भिरतापूर्वक लिएको उल्लेख गर्दै युनियनले स्वतन्त्रतापूर्वक समाचार संकलन, प्रकाशन र प्रसारणमा रोक लगाउने कार्यको समेत भत्र्सना गरेको छ । साथै समाचार संकलन, प्रकाशन र प्रसारणमा रोक लगाउने नियतका साथ भएका कुनै पनि कार्यमा संलग्न जोसुकै भएपनि कारवाही गर्न युनियनले सरकार तथा स्थानीय प्रशासनसँग माग गरेको छ ।