बिहिबार, बैशाख १३, २०८१

मधेस आन्दोलनको १सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हननका घटना

पत्रकारिताका मान्य सिद्धान्त र पत्रकार आचारसंहिताबाट कुनै पनि हालतमा विचलित नहुन पत्रकार तथा सञ्चारमाध्यमहरुलाई महासंघको आग्रह

काठमाडौं मार्ग ८, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले आज एक अपिल जारी गर्दै मधेशमा जारी आन्दोलनको क्रममा पछिल्लो सय दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ९५ वटा घटना भएको मिडिया अनुगमनको क्रममा देखिएको जनाएको छ। त्यस्तै अपिलमा यसमध्ये पत्रकारमाथि आक्रमणका २२ वटा घटना रहेका छन् भने दुव्र्यवहार र हातपातका पनि २२ वटै घटना भएको पनि उल्लेख गरिएको छ । साथै पत्रकार धम्कीका ११, FNJ appeal 8 mansirसञ्चारमाध्यममा धम्की वा आक्रमण ४, पक्राउ २, प्रकाशन प्रसारणमा अवरोध १, प्रकाशन प्रसारण बन्द १, सवारी साधन तोडफोड वा आक्रमण ७ र स्वतन्त्र पत्रकारितामा अवरोधका २५ वटा अन्य घटना भएको जनाउँदै आन्दोलन भैरहेको क्षेत्रमा पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न, प्रेसलाई निर्वाधरुपमा आवागमनको व्यवस्था मिलाउन, स्वतन्त्र पत्रकारिताको अभ्यासलाई अवरोध नगर्न, कच्चापदार्थको व्यवस्था गर्न सरकार र आन्दोलनकारी पक्षलाई हार्दिक अपिल गरिएको छ ।
त्यस्तै गरि महासङ्घले गरेको अनुगमन र महासङ्घको नेतृत्वमा तथा अन्य संस्थासँगको सहकार्यमा गरिएका स्थलगत भ्रमण तथा मिसन टोलीको प्रतिवेदनअनुसार सो क्षेत्रमा पत्रकार तथा सञ्चारमाध्यम आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको महासङ्घका अध्यक्ष डा विष्टद्वारा जारी अपिलमा उल्लेख गर्दै प्रकाशन प्रसारण गरिने विषयवस्तुमा तीब्र दवाव रहनुको अलावा भौतिक सुरक्षा पनि चुनौती विद्यमान रहेको जनाइएको छ ।
साथै कतिपय मिडियाको विषयवस्तु पनि पत्रकारिताको मान्य सिद्धान्त र आचारसंहिताको दृष्टिले आपत्तीजनक रहेको पाइएको भन्दै सवारी साधनको आवागमन, इन्धन, न्युजप्रिन्ट लगायतका कच्चापदार्थको अभावले पनि उत्तिकै समस्या खडा गरेको छ ।

समग्रमा हेर्दा तराइ मधेशमा सञ्चालित सञ्चारमाध्यम सेल्फसेन्सरसीप र पत्रकारहरु भौतिक असुरक्षाको चर्को मारमा रहेको छन् । नागरिकको दैनिक जनजीवन कष्टकर रहेको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ आन्दोलन भैरहेको क्षेत्रमा पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न, प्रेसलाई निर्वाधरुपमा आवागमनको व्यवस्था मिलाउन, स्वतन्त्र पत्रकारिताको अभ्यासलाई अवरोध नगर्न, कच्चापदार्थको व्यवस्था गर्न सरकार र आन्दोलनकारी पक्षलाई हार्दिक अपिल गर्दछ । साथै, सञ्चारमाध्यमबाट समाचार सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकारिताका मान्य सिद्धान्त र पत्रकार आचारसंहिताबाट कुनै पनि हालतमा विचलित नहुन पत्रकार तथा सञ्चारमाध्यमहरुलाई पुनः आग्रह गर्दछ । औषधी, इन्धन, दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा एम्बुलेन्स, प्रेसका र यात्रुबाहक सवारी साधनको सञ्चालनमा अवरोध नगर्न एवं निर्वाध सञ्चालनको प्रबन्ध गर्न महासंघले माग गरेको छ ।

त्यस्तै गरि जारी आन्दोलन अन्र्तगतका राजनीतिक विषयलाई संवादको माध्यमबाट राजनीतिकरुपमै समाधान गर्न सरकार, राजनीतिक दल र आन्दोलनरत पक्षलाई अपिल गर्दछ । सीमामा भैरहेको नाकाबन्दीका कारण चरम अभाव भई मानवीय संकट उत्पन्न भैरहेको स्थितिप्रति दुःख व्यक्त गर्नुका साथै यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको गम्भीर ध्यानाकर्षण सहित सरकारलाई कूटनीतिक पहल अझ बढाई समस्याको छिटो समाधान गर्न पनि महासंघले आग्रह गरेको छ ।