शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिलाई नेपाल पत्रकार महासङ्घको बधाई

राष्ट्रप्रमुखको हैसियतमा संवैधानिक र संस्थागत दायित्व निर्वाहका लागि ध्यानाकर्षण

 काठमाडौ कात्तिक १९,गणतान्त्रिक नेपालको राष्ट्रपतिमा विजयी भएकामा बधाई दिन राष्ट्रपति कार्यालयमा पुगेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. DSC_8455[1] _8492महेन्द्र विष्ट नेतृत्वको टोलीसँग अन्तरसंवाद गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले अहिले भोगिरहेका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । त्यस्तै उहाँले अन्तरसंवादको क्रममा राष्ट्रिय एकता र नेपाली जनताको बृहत्तर हितलाई केन्द्रमा राखेर विद्यमान संकटको चाँडो अन्त्य गर्नुपर्ने बताउनुभएको महासंघद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले सबैभन्दा पहिले जनताको चुलो बल्ने र आवागमन सहज हुने अवस्था सिर्जना गरी दैनिक जनजीवन सामान्य बनाउन एवं आन्दोलनरत पक्षसँग संवादको प्रक्रियालाई घनीभूत बनाई मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने खाँचो औंल्याउनुभएको र यसको लागि बुधवार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउँदै आफू राजनीतिभन्दा माथि उठेर हिमाल, पहाड, तराई सवै क्षेत्रलाई जोडेर राष्ट्रिय एकता, सहिष्णुता र सद्भावको विकास गराउन प्रयत्नशील रहने बताउनु भएको जानकारी दिनु भएको उल्लेख गरिएको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्टले राष्ट्रपतिमा Press release 19 kattikनिर्वाचित भएकामा भण्डारीलाई बधाई दिँदै तराइ मधेशमा जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण दैनिक जनजीवन अस्तव्यस्त हुनुका साथै उद्योगधन्दा, कलकारखाना, शिक्षा, स्वास्थ्य, आमसञ्चारलगायत सवै क्षेत्र संकटग्रस्त बन्दै गएकोले राष्ट्रप्रमुखको हैसियतमा संवैधानिक र संस्थागत दायित्व निर्वाहका लागि ध्यानाकर्षण गराउनुभएको थियो भने महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, सल्लाहकार पोषण केसी र उपाध्यक्ष अनिता बिन्दूले राष्ट्रपतिबाट विद्यमान समस्याको चाँडो अन्त्य गर्न संस्थागत पहलको लागि आग्रह गर्नुभएको थियो ।