बिहिबार, चैत्र १५, २०८०

मित्रलाई दुःख परेको र झन दुख दिनु आफैमा आश्चर्यजनक : प्रधानमन्त्री ओली

सरकार स्वतन्त्र, जिम्मेवार तथा सम्मानित पत्रकारिताको पक्षमा रहेको प्रधानमन्त्री ओलीको अभिव्यक्ति

काठमाडौं कात्तिक २०, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा प्रधानमन्त्री केपीलाइ बधाई र सफल कार्यकालका लागि download (3)शुभकामना दिन सिंहदरबार पुगेका नेपाल पत्रकार महासङ्घको प्रतिनिधीमण्डलसंग अन्तर संवाद गर्दै प्रम ओलीले बर्तमान सरकार स्वतन्त्र, जिम्मेवार तथा सम्मानित पत्रकारिताको पक्षमा रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले भारत सरकाको तर्फवाट जारी नाकाबन्दी प्रति लक्षित गर्दै मित्रलाई दुःख परेको र झन दुख दिनु आर्फैमा आश्चर्यजनक भएको भन्दै नेपालले नाकाबन्दीको कारणबाट रु पाँच खर्बभन्दा बढी क्षति भोगिसकेको बताउँनु भएको छ। त्यस्तै तराईमा देखिएको समस्या समाधानकाृ लागि सरकार हरसंभव प्रयासमा रहेको बताउँदै विद्यमान समस्याको समाधानको लागि संवाद जारी रहेको बताउनु भएको छ । त्यसक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देशको परिस्थिति, नाकाबन्दीले देश, जनता र सञ्चारमाध्यमले भोग्नु परेको समस्या र गर्नुपर्ने कामका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो