बिहिबार, बैशाख १३, २०८१

पत्रकार पक्राउ घटनाको महासंघद्दारा भत्र्सना

काठमाडौं कात्तिक १८ ,पत्रकारहरुको छाता सङगठन नेपाल पत्रकार महासंघले एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै Press release 18 kकालोबजारी’ शीर्षकमा प्रसारित समाचारको प्रकासन गरेको बहानामा अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रसारित वा प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे आचारसंहिता उल्लंघनको विषय भए प्रेस काउन्सिल र कानुन उल्लंघनका अन्य विषय भए न्यायिक उपचारका विकल्प हुँदाहुँदै यसरी पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाउँदै महासंघले पत्रकारको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने यस्तो ज्यादतीको कडा शब्दमा भत्र्सना गरेको छ । साथै महासंघले प्रस्तुत घटनाको सवालमा आवश्यक छानवीनको माग गर्दै संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षितरुपमा पत्रकारिताको अभ्यास गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको महासंघका महासचिव उजिर मगरद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

  यसैवीच आन्दोलनरत पक्षले पर्सामा कात्तिक १७ गते प्रहरीलाई लक्षित गरी प्रहार गरिएको प्रट्रोल बम आक्रमणबाट समाचार संकलन गरिरहेका नेपालवाणी साप्ताहिकका पत्रकार विद्यार्थी गिरी र अर्का पत्रकार भरत नेपाल घाइते भएकोमा महासंघ दुःख व्यक्त गदै तराइ मधेश क्षेत्रमा पत्रकारिता र पत्रकारको सुरक्षा र स्वतन्त्रता अत्यन्तै गम्भीर अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरेको छ । साथै आन्दोलनरत पक्ष र सुरक्षाकर्मी दुवैलाई पत्रकारको भौतिक सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन ध्यानाकर्षण समेत गराएको छ ।