शनिबार, बैशाख २२, २०८१

मुलुकको पछिल्लो घटनाक्रमका सवालमा प्रम ओली र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं मार्ग ९ , मधेसमा जारी आन्दोलन एवम् सिमानाकाम भइरहेको भारतीय पक्षको अवरोध आन्दोलनको समस्या समाधानका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । आज बिहान प्रधानमन्त्रीको opसरकारी निवास बालुवाटारमा हुने भनिएको छलफलमा मङगलवार एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग गरेको छलफलबाट प्राप्त निष्कर्षको सम्बन्धमा समेत गठबन्धन सरका घटकका दुई नेताबीच कुराकानी हुने बताईएको छ ।
मङगलवार एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चावीच संविधान संसोधन प्रस्ताव लाइ कसरी अगाडि लैजाने भन्ने सवालमा छलफल भएको थियो । त्यस्तै आजको वार्तामा संसदबैठक बस्नु पूर्वनै सरकार तर्फबाट निकासका लागि अपनाउने सबै उपाय र लचकताका विषयमा समेत छलफल हुँने प्रधानमन्त्रीको निजि सचिवालयलयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ।