शनिबार, बैशाख ८, २०८१

मधेस आन्दोलन र नाकाबन्दी फरक विषय भएकाले फरक -फरक ढङ्गले सम्बोधन गर्न डा भट्टराईको आग्रह

पूर्व प्रम डा भट्टराईको संयोजकत्वमा नयाँशक्ति राष्ट्रिय अभियान गठन

काठमाडौ मार्ग ८, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति राष्ट्रिय अभियान गठन भएको छ । नयाँ शक्ति राष्ट्रिय अभियानका्े Dr-Baburam-Bhattarai-2-copyगठनको जानकारीदिन आज आयोजित पत्रकार सम्मेलनमा अभियान संयोजकसमेत रहनु भएको पूर्व प्रधानमन्त्री डा भट्टराईले मधेसको समस्यालाई तत्काल राजनीतिक तवरले समाधान गर्न आग्रह गर्दै मधेस आन्दोलन र भारतको नाकाबन्दी फरकफरक विषय भएकाले त्यसलाई फरक ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
त्यस्तै पत्रकार सम्मेलनमा अभियानका लागि विभिन्न अञ्चलको संयोजकसमेत तोकिएको जानकारी दिइएको छ । जसअनुसार मेची, कोसीको संयोजकमा राजेन्द्र किराँती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठ, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी कर्णालीमा भक्तबहादुर शाह, सेती–महाकालीमा नवराज सुवेदी, जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल, अन्तर्राष्ट्रियमा हिसिला यमी र जातीय मोर्चाको संयोजकमा रामकुमार शर्मा रहेको बताईएको छ ।