शनिबार, बैशाख १५, २०८१

मानवीय सङ्कट एवम मधेसमा बढ्दो हिंसाप्रति मानवअधिकार उच्चायोगद्दारा गहिरो चिन्ता व्यक्त

काठमाडौ मार्ग ८, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगका प्रवक्ता रविना सम्दासनीले आज एक विज्ञप्ति जारी गद ले नेपाल—भारत सीमानाकामा Rights-1जारी अवरोधका कारण कारण मानवीय सङ्कट पैदा हुनुको अलावा मधेसमा बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । त्यस्तै विज्ञप्तिमा उच्चायोगले अत्यावश्कीय सामग्रीको ढुवानी हुन नदिनु मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जनाउँदै सरकार र आन्दोलनरत पक्षलाई मानवीय सङ्कटको समाधान खोज्न आग्रह गर्दै अत्यावश्यकीय सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्न भनिएको छ । खाना पकाउने ग्यास, औषधि, अत्यावश्यकीय सामग्रीको भण्डारण सकिएको र मुलुकमा मानवीय सङ्कट बढेको उल्लेख गर्दै विज्ञप्तिमा मानवीय सङ्कट बढेको र त्यसले जनता र मुलुकलाई निकै ठूलो असर परेकाले समस्या समाधानमा लाग्न जोड दिइएको छ ।