शुक्रबार, बैशाख १४, २०८१

महासचिव बानद्वारा सीमानाकामा जारी अवरोधबारे चिन्ता व्यक्त

काठमाडौ कात्तिक २८, स्वास्थ्य परीक्षणको सिलसिलामा अमेरिकाको न्युयोकमा रहनु भएका पूर्वप्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्रसङ्घका महासचिव imagesबान कि–मुनवीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधवार भएको भेटवार्तामा महासचिव मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गर्नुभएको छ ।

कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा उल्लेख भएअनुसार महासचिव मुनलाइ सीमामा भएको नाकाबन्दीले भूकम्पबाट भएको सात अर्ब डलर बराबरको क्षतिभन्दा पनि धेरै बढी र व्यापक क्षति भएको भन्दै नाकाबन्दीका कारण नेपाललाई मानवीय सङ्कटको अवस्था देखा परेको बताउँनु भएको बुझिएको छ ।  वक्तव्यमा उल्लेख भएअनुसार महासचिव मुनले छिटो भन्दा छिटो नेपाली सीमामा भएको असहज स्थितीलाइ सहजीकरण गर्दै स्थिती सामान्य बनाउँन आग्रह गरेको उल्ल्ेख गर्दै कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेल्नुभएको भूमिकाको पनि सराहना गर्नुभएको जनाइएको छ । त्यस्तै उहाँले पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाईबारे चासो व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट असन्तुष्ट दलहरुको मागबारे समाधान गर्न पनि सुझाव दिनुभएको छ ।